रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन विकास गरौं : मन्त्री किराती

हिमाल प्रेस ८ फागुन २०७९ १७:२६ | Monday, February 20, 2023
रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन विकास गरौं : मन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन्।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए)पर्यटन समिति तथा पर्यटनका लागि युरोप-नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवर्द्धन’विषयमा आयोजित अन्तक्र्रियामा उनले संस्कृतिसहितको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए।

‘संस्कृति, रैथाने ज्ञान र स्वादसहितको पर्यटन विकास गर्नुपर्छ, रैथाने स्वादलाई पर राखेर पर्यटन विकासको कल्पना गर्न सकिँदैन, हाम्रा होटल रेस्टुराँमा पनि नेपाली स्वाद पस्कने वातावरण बन्नुपर्छ, विदेशी परिकारको मात्र भर परेर पर्यटनको विकास हुँदैन,’ उनले भने।

पर्यटनमन्त्री किरातीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवर्द्धनको रणनीति तयार गरिने उल्लेख गरे।

उनले काठमाडौँ उपत्यकामा रहेका ऐतिहासिक ७ वटा सम्पदालाई जोड्ने गरी बस सेवा सञ्चालन गरिने पनि जानकारी दिए।

प्रकाशित: ८ फागुन २०७९ १७:२६ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast