रास्वपाका सभापति लामिछानेलाई भेट्न पुगे रामचन्द्र

हिमाल प्रेस १३ फागुन २०७९ १३:२७ | Saturday, February 25, 2023
रास्वपाका सभापति लामिछानेलाई भेट्न पुगे रामचन्द्र

काठमाडौँ- राष्ट्रपति पदका लागि आठ दलको साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्। आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पार्टीले गरेसँगै लामिछानेलाई भेट्न पौडेलले उनकै निवास हात्तिगौंडा पुगेका हुन्।

पौडेलले रास्वपालाई राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेको बताइएको छ। रास्वपाले राष्ट्रपति निर्वाचनबारे कुनै निर्णय गरिसकेको छैन।

पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तर्फबाट साझा उम्मेदवार बन्दैछन्। एमालेले भने सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। नेम्बाङको उम्मेदवारी नै दर्ता भइसकेको छ।

प्रकाशित: १३ फागुन २०७९ १३:२७ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast