राष्ट्रियता र गणतन्त्रप्रति प्रश्न उठेको भन्दै जनमोर्चाले प्रधानमन्त्रीलाई ‘ध्यानाकर्षणपत्र’ बुझाउने

हिमाल प्रेस ५ फागुन २०७९ ८:०९ | Friday, February 17, 2023
राष्ट्रियता र गणतन्त्रप्रति प्रश्न उठेको भन्दै जनमोर्चाले प्रधानमन्त्रीलाई ‘ध्यानाकर्षणपत्र’ बुझाउने फाइल तस्बिर।

काठमाडौँ- पछिल्लो समय राष्ट्रियता र गणतन्त्रजस्ता विषय समेत प्रश्न उठ्न थालेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण बुझाउने भएको छ।

जनताको संघर्षबाट आएको गणतन्त्र खतरामा परेको र संघीयताले आर्थिक संकट निम्त्याएको भन्दै जनमोर्चाले ध्यानाकर्षणपत्र आज (शुक्रबार) बुझाउने भएको हो।

जनमोर्चाको प्रतिनिधि मण्डलमा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेले ध्यानाकर्षण बुझाउन लागेका हुन्। जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ।

प्रकाशित: ५ फागुन २०७९ ८:०९ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast