राष्ट्रपति निर्वाचनले तात्यो माहोल, सबै पार्टीले बोलाए बैठक

हिमाल प्रेस १२ फागुन २०७९ ७:१९ | Friday, February 24, 2023
राष्ट्रपति निर्वाचनले तात्यो माहोल, सबै पार्टीले बोलाए बैठक

काठमाडौँ– राष्ट्रपति निर्वाचनले माहोल तातिरहेको बेला आन्तरिक छलफल गर्न दलहरूले बोलाएका छन्। राष्ट्रपतिको उम्मेदवार तय गर्नकै लागि नेपाली कांग्रेसको बैठक बस्दैछ।

कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रत्यासी छन्। यद्यपि, पछिल्लो समय सभापति शेरबहादुर देउवाको नाम पनि अगाडि आएको छ। दोस्रो स्तरका नेताले देउवाको नाम प्रस्ताव गरेका हुन्। यता राप्रपाले पनि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

आज मध्याह्न १२ बजे बस्नेगरी राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। राप्रपाले राष्ट्रपतिमा आफूले दाबी नगरे पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन बैठक बोलाएको हो। यता नेकपा एमालेले भने भोलिका लागि बैठक बोलाएको छ। एमालेको सचिवालय बैठक भोलि बस्दैछ।

एमालेले आफ्नै पार्टीबाट उम्मेदवार बनाउन खोजे पनि पछिल्लो समय सम्भावना कम छ। नेकपा माओवादी केन्द्रको भने बैठक आह्वान गरिएको छैन।

केही दिनअघि पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिकबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो।

प्रकाशित: १२ फागुन २०७९ ७:१९ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast