राष्ट्रपति एमाले उम्मेदवारले जित्ने विष्णु पौडेलको दाबी

हिमाल प्रेस १० फागुन २०७९ १७:५६ | Wednesday, February 22, 2023
राष्ट्रपति एमाले उम्मेदवारले जित्ने विष्णु पौडेलको दाबी

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन्। उनले राष्ट्रपतिमा एमालेले कसलाई अघि सार्छ भन्नेचाहिँ बताएनन्।

संसद् भवन परिसरमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन्। उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोहीअनुसार हुने बताए।

पौडेलले भने, ‘सरकार बन्दा सरकारमा सहभागी दलहरूका बीचमा जे जस्तो सहमति बनेको छ, त्यो सहमति नै एमालेका तर्फबाट अघि सारेको उम्मेदवारको जितको आधार हो।’ उनले आफू दलहरूबीचमा रहेको सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए।

मन्त्री पौडेलले भने, ‘एमालेका तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढंगले जित हासिल गर्नुहुनेछ।’

प्रकाशित: १० फागुन २०७९ १७:५६ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast