राष्ट्रपतिमा तीन दलले गरे नेपालको नाम सिफारिस, कांग्रेस-एमालेसँग पनि प्रस्ताव लगिने

हिमाल प्रेस १२ फागुन २०७९ ७:०१ | Friday, February 24, 2023
राष्ट्रपतिमा तीन दलले गरे नेपालको नाम सिफारिस, कांग्रेस-एमालेसँग पनि प्रस्ताव लगिने फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्ने भएको छ।
सिंहदरबारमा बसेको तीन दलको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक उच्च नेताले बताए।

यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्। आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताइएको छ।

तीन दलीय बैठक पनि बुधबार फेरि बस्ने भएको छ। यो नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मान्ने माओवादी केन्द्रको दाबी छ। यसअघि ओली आफैले नेपालको नाम प्रस्ताव गरेका थिए। तर कांग्रेससहितको नाम प्रस्ताव गर्नुपर्ने भएपछि प्रचण्ड मानेका थिएनन्।

यता, कांग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा सहमति गर्नेगरी आन्तरिक बैठक तथा छलफल गरिरहेको छ।

आज बिहान ८ बजे नेपाली कांग्रेससहितको बैठक बस्ने भएको छ।

प्रकाशित: १२ फागुन २०७९ ७:०१ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast