राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

हिमाल प्रेस १३ फागुन २०७९ १२:३२ | Saturday, February 25, 2023
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ।

शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो। यसैगरी उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ।

प्रकाशित: १३ फागुन २०७९ १२:३२ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast