राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रकाशशरण महत

हिमाल प्रेस १२ फागुन २०७९ १६:२३ | Friday, February 24, 2023
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ– नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने विषयमा सकारात्मक देखिएको महतको दाबी छ।

शुक्रबार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन्। सांसद महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि उल्लेख गरे।

उनले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको बताए। शुक्रबार साँझ बस्ने चार दलीय बैठकले यस विषयमा औपचारिक निर्णय गर्ने जनाए। सांसद महतले संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित: १२ फागुन २०७९ १६:२३ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast