राष्ट्रपतिमा कांग्रेसकाे आशा स्वभाविक : लेखक

हिमाल प्रेस ५ फागुन २०७९ १९:३२ | Friday, February 17, 2023
राष्ट्रपतिमा कांग्रेसकाे आशा स्वभाविक : लेखक

काठमाडौँ- नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिमा नेपाली कांग्रेस सकारात्मक र आशावादी रहेको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा कानूनविद्हरूसँगको छलफलमा उनले कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल भएकाले राष्ट्रपतिमा कांग्रेसको दाबी स्वभाविक रहने बताएका हुन्। ‘संसद र सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौँ’ उनले भने, ‘संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेकाले त्यस्ता पदहरूमा कांग्रेसको दाबी स्वभाविक हो।’

अन्य सबै राजनीतिक दलहरूभन्दा बढी कांग्रेसको राम्रो मतभार रहेकाले पनि राष्ट्रपतिमा कांग्रेसको दाबी स्वभाविक भएको लेखकको भनाइ थियो। ‘आजका दिनमा जुन मूल राजनीतिक मुद्दा छन् जस्तै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ’ उनले भने, ‘किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधिसभा विघटन हुन्छ भनिसक्यो नि।’

जुनसुकै बेला संसद विघटनको चाहना राखेर अघि बढेको पार्टीले संविधानको रक्षा नगर्ने नेता लेखकले दाबी गरे।

प्रकाशित: ५ फागुन २०७९ १९:३२ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast