काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता गरेका छन्। नेम्बाङले राष्ट्रपतिमा आफू निर्वाचित भए जनताको पक्षमा काम गर्ने दाबी गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु प्रतिनिधिसभा भवन पुगेर उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारी दर्तापछि ओलीले माओवादीको समेत सहयोगमा राष्ट्रपति जित्ने बताए।
उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो , दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।


तस्बिर : दिपेश श्रेष्ठ/ हिमाल प्रेस
प्रकाशित: १३ फागुन २०७९ १३:३७ | Saturday, February 25, 2023
प्रतिक्रिया




