राष्ट्रपतिमा आफ्नो नाम आएसँगै नेपालले बोलाए पदाधिकारी बैठक

हिमाल प्रेस १० फागुन २०७९ ११:३८ | Wednesday, February 22, 2023
राष्ट्रपतिमा आफ्नो नाम आएसँगै नेपालले बोलाए पदाधिकारी बैठक फाइल तस्बिर।

काठमाडौँ- आफ्नो नाम राष्ट्रपतिमा चर्चामा आएसँगै माधव नेपाल आन्तरिक परामर्शमा लागेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्तावसहित राष्ट्रपति बन्न आग्रह गरेसँगै नेपाल आन्तरिक परामर्शमा लागेका हुन्। ओलीले केही दिनअघि नेपाललाई भेटेरै राष्ट्रपतिमा परामर्श गरेका थिए। नेपालले पार्टीका दोस्रोस्तरका नेतासँग पनि परामर्श गरिरहेका छन्।

यसैबारे छलफल गर्न नेपालले आज एकीकृत समाजवादीको सचिवालय बैठक बोलाएको छ।

बैठक आज (बुधबार) दिउँसो १ बजे  बस्ने भएको छ। नेपाल राष्ट्रपतिका लागि राजी भए पनि पार्टी एकताका विषयमा भने अन्योलमा छन्। ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्ने प्रस्ताव गरेका छन्।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। त्यसका लागि १३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।

प्रकाशित: १० फागुन २०७९ ११:३८ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast