राष्ट्रपतिको निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

हिमाल प्रेस ८ फागुन २०७९ ८:०२ | Monday, February 20, 2023
राष्ट्रपतिको निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौँ- आसन्न राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ।

निर्वाचन आयोगले आज संघीय संसद्मा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।

आज दिउँसो १ बजे हुने उद्घाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहनेछ।

यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन्।

मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित: ८ फागुन २०७९ ८:०२ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast