राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न बालुवाटार पुगे ओली

हिमाल प्रेस १० फागुन २०७९ ११:११ | Wednesday, February 22, 2023
राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न बालुवाटार पुगे ओली

काठमाडौँ-  राष्ट्रपतिको उम्मेदवार चयन बारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका हुन्।

अहिले ओली र प्रचण्डबीच छलफल जारी छ। आसन्न राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार छान्न दुई नेता छलफलमा रहेका हुन्।

प्रचण्ड राष्ट्रिय सहमतिबाट उम्मेदवार चयन हुनुपर्ने अडानमा छन् भने ओली एमाले निकट नेतालाई राष्ट्रपति बनाउने दाउमा छन्। तर पछिल्लो ओलीले राष्ट्रिय सहमतिका लागि एमालेबाहिरका नेतालाई देखाइरहेका छन्।

उनले माधवकुमार नेपाल, झलनाथ खनाल, महन्थ ठाकुरको नाम लिएर प्रचण्डमाथि दबाब बढाइरहेको बताइन्छ। तर यता प्रचण्ड भने ओलीले लिएका नाममा सहमति जनाउन सकेका छैनन्।

प्रकाशित: १० फागुन २०७९ ११:११ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast