नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठक। तस्बिर स्रोत : एमाले मुख्यालय
काठमाडौँ- आसन्न राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमाले सचिवालय बैठक अहिले बस्दैछ।
ललितपुर च्यासलस्थित पार्टी कार्यलयमा बिहान ९ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो।
बैठकमा मुख्यतः राष्ट्रपतिको उम्मेदवार बारे छलफल हुन्छ।
सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रपतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सघाउने निर्णय गरेपछि एमालेले आफूनिकट दलहरूसित मिलेर आफ्नो उम्मेदवार टुंग्याउने तयारी गरेको छ। यता सरकार छाड्ने/नछाड्ने निर्णय पनि आजकै बैठकले गर्ने छ।
प्रकाशित: १३ फागुन २०७९ ७:१० | Saturday, February 25, 2023
प्रतिक्रिया



