राष्ट्रपतिको उम्मेदवार बन्न हाम्रो पार्टीका कसैलाई प्रस्ताव आएको छैन : झलनाथ खनाल

हिमाल प्रेस १० फागुन २०७९ १५:३० | Wednesday, February 22, 2023
राष्ट्रपतिको उम्मेदवार बन्न हाम्रो पार्टीका कसैलाई प्रस्ताव आएको छैन : झलनाथ खनाल फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रपति पदका लागि आफ्नो पार्टीका कोही नेतालाई कसैले प्रस्ताव नगरेको दाबी गरेका छन्। आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै उनले राष्ट्रपतिको निर्वाचन र त्यसअघि बन्ने समीकरणबारे सबै राजनीतिक दलहरूसँग छलफल गर्ने बताएका बताएका हुन्।

‘अहिले हाम्रो पार्टीको कोही पनि नेतालाई राष्ट्रपतिको प्रस्ताव आएको छैन, त्यसबारे अहिले आएको प्रचार हल्ला मात्रै हो। राष्ट्रपतिको निर्वाचन अहिले महत्त्वपूर्ण एजेन्डा हो। यस्तो एजेन्डामा हाम्रो पनि सरोकार हुन्छ’ उनले भने।

उनले अहिले एमालेसँग पार्टी एकता हुने वा नहुने भन्ने बारेमा बोल्नुको कुनै अर्थ नरहेको पनि बताए। ‘अहिले मिल्दै मिल्दैन भन्न पनि मिलेन। फेरि मिलिहाल्छ भन्नका लागि पनि कुनै आधार तयार भएको छैन। त्यसैले यसमा योभन्दा धेरै भन्नु परेन,’ उनले भने, ‘बरु हामी परिस्थिति हेरेर सबै दलसँग संवाद गर्छौं, त्यसपछि निष्कर्षमा पुग्छौँ।’

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले प्रतिगामी हर्कतहरू बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको जानकारी दिए।

प्रकाशित: १० फागुन २०७९ १५:३० | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast