रामचन्द्र पौडेल संविधान रक्षाका लागि उपयुक्त पात्र : डा. शेखर कोइराला

हिमाल प्रेस १३ फागुन २०७९ १७:०६ | Saturday, February 25, 2023
रामचन्द्र पौडेल संविधान रक्षाका लागि उपयुक्त पात्र : डा. शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिका रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताएका छन्।

शनिबार आठदलीय गठबन्धनतर्फ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्तापछि नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेलको उम्मेदवारी उपयुक्त पदका लागि उपयुक्त व्यक्ति भएको उनको भनाइ छ।

‘रामचन्द्रजीजत्तिको व्यक्ति संविधानको रक्षा गर्नेमा उपयुक्त पात्र हुनुहुन्छ। जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रका रूपमा हामीहरूले लिएका छौँ। मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ,’ उनले भने।

नेकपा एमालेले सरकार नछाडेको अवस्थामा आफूहरूले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए। ‘सरकारमा एमालेले के गर्छ? अहिले त छोडेको छैन एमालेले। एमाले सरकारमा हुँदा-हुँदै हामी कसरी सरकारमा जाने? सरकार त पुरै छ नि त। त्यसै जाने भनेर त जाने होइन नि सरकारमा!,’ उनले भने।

प्रकाशित: १३ फागुन २०७९ १७:०६ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast