राप्रपाले राष्ट्रपति निर्वाचनबारे शुक्रबारमात्रै निर्णय लिने

हिमाल प्रेस ९ फागुन २०७९ १५:४२ | Tuesday, February 21, 2023
राप्रपाले राष्ट्रपति निर्वाचनबारे शुक्रबारमात्रै निर्णय लिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा शुक्रबारमात्रै सार्वजनिक गर्ने जनाएको छ। शुक्रबार राष्ट्रपति निर्वाचनमा सहभागी हुने या नहुनेबारे निर्णय केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ।

राप्रपाका नेताहरू राष्ट्रपतिको निर्वाचन बहिष्कार गर्नुपर्ने बताउँदै आइरहेका छन्। राप्रपा सरकारमा पनि सहभागी दल हो। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिनअघि शुक्रबार दिउँसो १२:३० बजे बस्नेछ।

प्रकाशित: ९ फागुन २०७९ १५:४२ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast