राजनीतिक सहमति कायम भए रास्वपा सरकारमा जान्छ : सन्तोष परियार

हिमाल प्रेस १ फागुन २०७९ १४:५७ | Monday, February 13, 2023
राजनीतिक सहमति कायम भए रास्वपा सरकारमा जान्छ : सन्तोष परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन्।  साोमबार भक्तपुरमा आयोजित कार्यक्रमा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जाने बताएका हुन्।

राष्ट्रपतिमा पनि विगतकै सहमती अनुरुप सत्तागठबन्धनबाटै चयन हुने उनले बताए। उनले विगतका राष्ट्रपतिहरू कुनै न कुनै विवादमा तानिएको बताउँदै अव निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने व्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गरे।

परियारले अहिले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राखे।

उनले वैशाख २ गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवी लामिछानेलाई नै पुनः उम्मेदवार बनानउने र लामिछानेले भारी मतले निर्वाचित हुने दाबी गरे।

उनले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेशीता रहेको बताउँदै आगामी महाधिवेशनमा यहि विषय दस्तावेजमा समेटिने बताए।

प्रकाशित: १ फागुन २०७९ १४:५७ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast