रहेनन् राष्ट्र बैंकका संस्थापक गभर्नर राणा

हिमाल प्रेस २२ माघ २०७९ ८:५९ | Sunday, February 5, 2023
रहेनन् राष्ट्र बैंकका संस्थापक गभर्नर राणा

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज (आइतबार) बिहान निमोनियाका कारण ९५ वर्षका उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९ ८:५९ | Sunday, February 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast