काठमाडौँ- एसडी योगीको स्वरमा ‘भेट्न आउनु’ गीत सार्वजनिक भएको छ। सागर थापाको शब्द रहेको गीतमा संगीत एसडी योगीकै रहेको छ।
माथिल्लो मुस्ताङमा छायांकन भएको गीतको म्युजिक भिडियोमा सागर थापा र दिव्यानी ओलीको अभिनय रहेको छ।
‘यो प्रेम कथा होइन, यो कथा प्रेमको हो’ गीतमा भनिएको छ। लगभग सात मिनेट लामो म्युजिक भिडियोमा धन कमाउन हिँडेको एउटा युवाको कथा देखाइएको छ। नको आशामा ऊ अज्ञात ठाउँमा पुग्छ। जहाँ उसले माया भेट्टाउँछ। तर प्रेमको अन्त भने दुःखद हुन्छ।
प्रकाशित: २३ माघ २०७९ १६:३०
प्रतिक्रिया




