यी हुन् रामचन्द्र पौडेलका प्रस्तावक र समर्थक

हिमाल प्रेस १३ फागुन २०७९ १४:३५ | Saturday, February 25, 2023
यी हुन् रामचन्द्र पौडेलका प्रस्तावक र समर्थक उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभा भवनतर्फ जाँदै रामचन्द्र पौडेल। तस्बिर-दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ– राष्ट्रपतिमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्। शनिबार संसद् भवन पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

सो अवसरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेता सहभागी थिए।

पौडेलको समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन्।

प्रस्तावकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका वरिष्ठ नेता अशोक राई छन्।

यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवास नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्। यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

प्रकाशित: १३ फागुन २०७९ १४:३५ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast