यातायात व्यवसायी र सरकारबीच आठ बजे वार्ता

हिमाल प्रेस २ फागुन २०७९ ६:५७ | Tuesday, February 14, 2023
यातायात व्यवसायी र सरकारबीच आठ बजे वार्ता

काठमाडौँ– यातायात मजदुरको आन्दोलनका कारण राजधानीका सडकमा मंगलबार बिहान भाडाका सवारी चलेका छैनन्। ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।

सो क्रममा  यातायात व्यवसायीको प्रदर्शनका कारण गोँगबुस्थित नयाँ बसपार्क र बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त बनेको थियो। सार्वजनिक सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै उनीहरूले प्रहरीको भ्यान जलाएका थिए।

सवारी साधनमा यात्रु चढाउने बेलामा जथाभावी रोकेको, ट्राफिक नियमका नाममा जथाभावी जरिबाना गरेको भन्दै चालक, सहचालक र यातायात सम्बद्ध श्रमिकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा हानेपछि स्थिति तनावग्रस्त बनेको थियो।  सोही विरोधमा विरोधमा मंगलबार उपत्यकामा सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णय महासंघले गरेको हो।

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिएका छन्। विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: २ फागुन २०७९ ६:५७ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast