 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            जनकपुरधाम– यातायात व्यवस्था कार्यालय जनकपुरमा सेवाग्राहीसँग बार्गेनिङ गरिरहेको अवस्थामा बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ४ का ३० वर्षीय आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो ढंगले गराइदिन्छु भनी पैसा लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाका अधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
                            प्रकाशित: २० माघ  २०७९ १९:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 