यस कारण लिए आमिरले अभिनयबाट विश्राम

हिमाल प्रेस १ फागुन २०७९ १६:३३ | Monday, February 13, 2023
यस कारण लिए आमिरले अभिनयबाट विश्राम

काठमाडौँ- भारतीय अभिनेता आमिर खान पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्डा’मा देखिएका थिए। फिल्म व्यावसायिक रूपमा असफल भएको थियो।

असफलताबाट आहत आमिरले काम गरेबापत आफ्नो सय करोड भारु पारिश्रमिक नलिने र केही समय अभिनयबाट विश्राम लिने घोषणा गरेका थिए। असफलताको सम्पूर्ण जिम्मेवारी उनले नै लिएका थिए।

भारतीय लेखिका शोभा डेको किताब ‘इन्सेसबल’को विमोचन कार्यक्रममा अतिथिका रूपमा पुगेका आमिरलाई पत्रकारले उनको ‘विश्राम’बारे सोधेका थिए। त्यसबारे बोल्दै आमिरले भने, ‘हिजोआज साथीभाइ मेरो मजाक उडाउँछन्। उनीहरू भन्छन् ‘तिमी सधैँ विश्राममा थियौ। फिल्म कहाँ गथ्र्यौ र! जो अब विश्राम लिन्छु भन्छौ’ भन्छन्। पहिले काम नगरे पनि मेरो सम्पूर्ण ध्यान फिल्ममा हुन्थ्यो तर अब मान्छेमा हुने गर्छ।’

३५ वर्षयता हिन्दी सिनेमामा सक्रिय आमिर फिल्ममा तल्लीन भएर काम गर्छन्। त्यतिबेला आफूले फिल्मबाहेक अरू केही नसोच्ने उनले कार्यक्रममा बताए। ‘फिल्ममा यति डुब्छु कि मलाई जीवनमा त्योबाहेक अरू केही देखिँदैन,’ उनले भने, ‘त्यसैले केही समय अभिनयबाट विश्राम लिने निर्णय गरेको हुँ।’

‘लाल सिंह चड्डा’ पछि आमिर ‘च्याम्पियन’ बनाउने सोचमा थिए। तर फिल्म असफल भएपछि उनले केही समय विश्राम गर्ने घोषणा गरे।

‘३५ वर्षयता निरन्तर काम गरिरहेको छु,’ आमिरले कार्यक्रममा भने, ‘आफ्नो परिवारलाई समय दिइनँ। आमा र छोराछोरीसँग समय बिताइनँ। मैले उनीहरूप्रति अन्याय गरेजस्तो लाग्छ। केही समय उनीहरूसँग बिताउन विश्राम लिएको हुँ।’
आमिरले चार वर्षको अथक परिश्रमपछि ‘लाल सिंह चड्डा’ बनाएका हुन्। १ सय ८० भारु बजेटको फिल्मले घरेलु बक्स अफिसमा ६० करोड भारु पनि कमाउन सकेन।

अभिनयबाट विश्राम लिए पनि अहिले आमिर ‘च्याम्पियन’को निर्माणमा जुटेका छन्। आमिरले सलमान खानसँग फिल्म गर्ने समाचार पनि भारतीय सञ्चारमाध्यममा बाहिरिएका छन्।

प्रकाशित: १ फागुन २०७९ १६:३३ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast