यस्तो छ १०० किलोवाटको बीवाईडी अटो ३

हिमाल प्रेस २९ माघ २०७९ १२:४८ | Sunday, February 12, 2023
यस्तो छ १०० किलोवाटको बीवाईडी अटो ३

काठमाडौँ- नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको अटो ३ सार्वजनिक गरेको छ।

यो विद्युतीय गाडी १०० किलोवाट क्षमताको हो। सन् २०२२ मा मात्रै विश्वभर अटो ३ का २ लाख २९ हजार वटा गाडी बिक्री भएको कम्पनीले जनाएको छ।

यो गाडी ५० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ र पूरा चार्जमा ४२० किलोमिटर गुड्न सक्ने कम्पनीको भनाइ छ।

यसमा ७ एयरब्याग, पानारोमिक सनरुफ, १२.८ इन्च रोटेटिङ स्क्रिनलगायत विशेषता छन्। त्यसका साथै वायरलेस चार्जर, इलेक्ट्रिक सिट, भ्वाइस कन्ट्रोल, पीएम २.५ एयर फिल्टरजस्ता विशेषतासमेत समेटिएको छ।

मार्च १५ बाट ग्राहकलाई दिन सकिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ।

प्रकाशित: २९ माघ २०७९ १२:४८ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast