यस्तो छ ‘बुलाकी’को टिजर

हिमाल प्रेस २७ माघ २०७९ १८:१० | Friday, February 10, 2023
यस्तो छ ‘बुलाकी’को टिजर

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त अभिनीत ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ७ सेकेन्ड लामो टिजरमा उनी बुहारीको भूमिकामा देखिएकी छन्। उनको बच्चा नभएको कारणले परिवार र समाजबाट भोग्नुपरेको पीडालाई टिजरले देखाएको छ।

सुरुमा बारीमा मकै रोप्दै गरेको दृश्य देख्न सकिन्छ। सार्वजनिक टिजरमा कर्णाली भेगमा बोलिने भाषाशैलीकै प्रयोग छ। त्यहाँको संस्कार, संस्कृति र जनजीवनशैली फिल्मको कथावस्तु बनेको अनुमान गर्न सकिन्छ। फिल्म नयाँ वर्षको दिन वैशाख १ गते प्रर्दशनमा आउनेछ।

लक्ष्मण सुनारले निर्देशन रहेको फिल्ममा सुरक्षासँगै नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सुशील पोखरेललगायत कलाकारको अभिनय छ। टोपेन्द्र विष्टले निर्माणमा बनेको फिल्मको टिजर म्युजिक डटकम युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=tw8iGmljLaY

प्रकाशित: २७ माघ २०७९ १८:१० | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast