यती एयरलाइन्स दुर्घटना : विमानमा खतरा देखा पर्न थालेपछि फेरिएको थियो कमान्ड

हिमाल प्रेस ४ फागुन २०७९ ७:२७ | Thursday, February 16, 2023
यती एयरलाइन्स दुर्घटना : विमानमा खतरा देखा पर्न थालेपछि फेरिएको थियो कमान्ड माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज। फाइल तस्बिर

पोखरा- पोखरामा गत महिना भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा गठित दुर्घटना जाँचबुझ आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो।

तर खतराको संकेत प्राप्त भएपछि १० बजेर ५७ मिनेट १८ सेकेन्ड बजे विमान नियन्त्रक (पीएफ) अञ्जु खतिवडाले पीएम कमल केसीलाई कमाण्ड सुम्पेको प्रतिवेदनमा उल्लेख छ। त्यो भनेको विमान दुर्घटना हुनुभन्दा १४ सेकेण्डमात्र अघि हो।

विमानको बायाँतर्फ अर्थात मुख्य कमाण्ड दिनुपर्ने स्थानमा अञ्जु बसेकी थिइन् भने दायाँतर्फ कमल थिए।
एयर ट्राफिक कन्ट्रोलरले अवतरणका लागि धावनमार्ग ३० उपलब्ध गराएकोमा चालक दलले धावनमार्ग १२ मागेको बताइएको छ।

बिहान १० बजेर ५१ मिनेमा धावनमार्गको उत्तरतर्फ १२ बाट अवतरण गर्न प्रयास भएको थियो । प्रतिवेदनअनुसार १०ः५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए । र, धावनमार्गमा ल्याउनका लागि ल्यान्डिङ गियर समेत खोलेका थिए।

विमान उडाइरहेकी खतिवडाले विमानलाई देब्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोध्दा प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यसपछि खतिवडाले विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए । त्यसबेला अञ्जुले इन्जिनको पावर नरहेको कुरा बताएकी थिइन्।

अन्तिम सेकेन्डमा विमानको कमाण्ड सम्हालेका कमलले भने दुर्घटना टार्न सकेनन्। १ माघको त्यो कहालीलाग्दो दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाको ज्यान गएको थियो। नेपाली आकाशमा यति भयानक दुर्घटना पहिलो हो।
दुर्घटनाका क्रममा विमानको दुवै इन्जिन प्रोपेलर फेदर भएको कुरा अघिल्लो प्रतिवेदनमा बताइएको थियो । दुर्घटनाबारे अन्तिम रिपोर्ट भने आउन बाँकी छ।
सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसनको ब्यूरो (टिएसआईबी) मा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुबैको डाटा विश्लेषण र अनुसन्धानका क्रममा जहाज अवतरण गर्नेक्रममा बेस लेगमा दुबै इञ्जिनका प्रोपलरहरु फेदरमा गएको तथ्य थाहा लागेको हो। जहाजका दुबै इञ्जिन प्रोपेलर फेदरमा किन गयो रु भनी आयोगले प्राविधिक र मानवीय पक्षहरुबारे थप अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ ।

जाँचबुझ आयोग सदस्यमा हवाई विज्ञ उपरथी डा।इन्जिनियर दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त सिनियर क्याप्टेन सुनिल प्रधान, हवाई मर्मतविज्ञ सिनियर इन्जिनियर एकराज जंग थापा, सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। आयोगलाई अध्ययनका ४५ दिनको समय दिइएको छ ।

प्रकाशित: ४ फागुन २०७९ ७:२७ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast