मुलुकलाई अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ : बाबुराम भट्टराई

हिमाल प्रेस २७ माघ २०७९ १६:३८ | Friday, February 10, 2023
मुलुकलाई अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकलाई अघि बढाउनका लािग वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन्।  शुक्रबार काठमाडौंमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहासबाट अनुभव बटुल्दै मुलुकलाई अघि बढाउनका लािग बैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका हुन्।

भट्टराईले नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने नभई पुराना पुस्ताबाट सिक्नुपर्ने जिकिर गरे। भट्टराईले सीमित जाति र परिवारले मात्र शासन गरेसम्म देश विकास पनि नहुने धारणा राखे।

उनले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्ने प्रणाली लागू गर्न सवै लाग्नुपर्ने बताए। लोकतन्त्रलाई जोगाएर यसका अपूर्णतालाई पूर्णता बनाएर छिटै मध्यम स्तरको समृद्ध मुलुकमा पुराउनुपर्ने उनले बताए।

प्रकाशित: २७ माघ २०७९ १६:३८ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast