मुलुकको परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २९ माघ २०७९ २०:५२ | Sunday, February 12, 2023
मुलुकको परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

सिंहदरबारको अधिकार गाँउ-गाउँ पुर्‍याउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको उनको भनाइ छ।

संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरू अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उनले जनाए।

बाँकी कानून निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरूमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्ने उनले धारणा राखे। प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा मात्रै नभई लाइफ एण्ड डेथको सवाल ठानेको बताए।

पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सकारात्मक सुधार संकेत देखिए पनि स्थायी प्रकृतिको भने नरहेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रूपले समृद्धिको ट्रयाकमा लैजाने सम्भावना रहेकाले सही नीतिका साथ अघि बढाउनुपर्ने बताए। कार्यक्रममा ‘सेजन अवार्ड’ बाट ६ जना पत्रकारहरूलाई पुरस्कृत गरिएको छ।

प्रकाशित: २९ माघ २०७९ २०:५२ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast