‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो संस्करण चैत २ देखि

हिमाल प्रेस १० फागुन २०७९ ११:४५ | Wednesday, February 22, 2023
‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो संस्करण चैत २ देखि

काठमाडौँ- नेपाली स्ट्यान्ड-अप कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’ तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ।
आगामी चैत २ गते बिहिबारदेखि नियामित प्रसारण आउने सो का सञ्चालक तथा हास्य कलाकार जितु नेपालले जानकारी दिएका छन्। उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो घोषणा गरेका हुन्।

उनका अनुसार कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुनेछ। यसअघिको दुई संस्करण नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको थियो।
प्रसारण हुने कार्यक्रमको प्रमुख अध्यक्षतामा नायिका प्रियंका कार्की रहने छन्। सो ५२ एपिसोड प्रसारण गर्ने तयारी रहेको छ।

कार्यक्रममा दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटा ‘सान्नानी’ लगायतका कलाकारको प्रस्तुति रहने भएको छ।
दिनेश डिसीको निर्देशन रहेको सो कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा निर्माण भएको हो। कार्यक्रमको संयोजकमा सुमन गिरी रहेका छन्।

प्रकाशित: १० फागुन २०७९ ११:४५ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast