माग्ने बुढाको स्वरमा ‘छक्कापञ्जा ४’ को प्रमोसनल गीत

हिमाल प्रेस १६ फागुन २०७९ १६:३२ | Tuesday, February 28, 2023
माग्ने बुढाको स्वरमा ‘छक्कापञ्जा ४’ को प्रमोसनल गीत

काठमाडौँ- फिल्म ‘छक्कापञ्जा ४’ ले प्रदर्शन मिति नजिकिएसँगै प्रमोसनल गीत सार्वजनिक गरेको छ।

कलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको गीतले फिल्मका कलाकारलाई व्यङ्ग्य गरेको छ। जसमा कलाकारहरू दीपकराज गिरी, दीपा श्री निरौला, राज आचार्य, बेनिशा हमाल, बुद्धि तामाङ, मलिना जोशी र स्वस्तिमा खड्कालगायत छन्।

गीतको भिडियोमा फिल्मका कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि फिचर्ड छन्। हेमराज बीसीको निर्देशनमा बनेको फिल्म कमेडी तथा सामाजिक, राजनीति कथावस्तुमा तयार भएको छ।

फिल्म आगामी शुक्रबार अर्थात् फागुन १९ गतेदेखि देशभर प्रदर्शन हुनेछ।

प्रकाशित: १६ फागुन २०७९ १६:३२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast