मप्रति सबै दलको सद्‌भाव र सहानुभूति छ : रामचन्द्र पौडेल

हिमाल प्रेस १३ फागुन २०७९ १०:४६ | Saturday, February 25, 2023
मप्रति सबै दलको सद्‌भाव र सहानुभूति छ : रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली कांग्रेसबाट राष्ट्रपतिका लागि अघि सारिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूप्रति सबै दलले सद्भाव र सहानुभूति राखेको बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारको बैठकपछि पौडेलले भने, ‘नेपालको राजनीतिक जगत्ले मप्रति अपार सहानुभूति राखेको छ। मप्रति सबै दलका सबै साथीहरू, संसद्‌मा रहेका सबै साथीहरूको अपार स्नेह रहेको पाएको छु।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा आफूले प्रथम चरणमा एउटा प्रेरणा पाएको बताए।

उनले भने, ‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रिष्यताको संवर्धन, नेपाली जनताको रेखदेख गर्ने जुन अभिभारा जुन जिम्मेवारी मलाई आउन लागिरहेको छ यसप्रति म सचेत छु।’

पौडेलले संविधानले नेपाली जनतामा दिएको अभूतपूर्व र अद्वितीय अधिकार रक्षा गर्ने चुनौती आफूमा आएको बताए।

उनले भने, ‘म सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर राष्ट्रको जगेर्ना गरौँ यो संविधानको रक्षा गरौँ ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको महत्त्व बुझौँ। यसमाथि खेलवाड गर्ने प्रयास नितान्त स्वार्र्थी प्रयास हुन्। त्यसबाट सबै नेपाली सजग हुनुपर्छ।’

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस निर्णय

पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि सिटौलाको प्रतिक्रिया : उहाँले अत्यधिक मतले जित्नु हुनेछ

प्रकाशित: १३ फागुन २०७९ १०:४६ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast