जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। ६ जना मन्त्री तथा ३ जना राज्यमन्त्रीहरूलाई सामेल गर्दै उनले मन्त्रीपरिषद् विस्तार गरेका हुन्।
महेश यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य, सुरिता कुमारी साह सामाजिक विकास, शत्रुधन सिंह गृह तथा सञ्चार मन्त्री, सिंगासन कलवार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला र मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्।
यस्तै अबुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जय कुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन्।
पुस २९ गते बिनाविभागीय ३ जना मन्त्रीहरूसहित शपथ लिएको झण्डै १ महिनापछि मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूले शपथ ग्रहण गरिसकेका छन्। सत्तासाझेदर दल नेकपा माओवादी केन्द्रले भने मन्त्रीको नाम नपठाएकाले मन्त्रिपरिषद्मा सामेल भएन। मन्त्रालय भागबन्डाको क्रममा एउटा मन्त्रालय मात्रै दिने तयारी गरिएपछि माओवादी केन्द्रले नाम नपठाएको जनाएको छ।
 


                                             
                                             
                                             
                                             
                                             
                                             

