मधेश प्रदेशका मुख्यमन्त्री भन्छन् : संघीयता कसैले दिएको भीख होइन

हिमाल प्रेस १ फागुन २०७९ १५:४७ | Monday, February 13, 2023
मधेश प्रदेशका मुख्यमन्त्री भन्छन् : संघीयता कसैले दिएको भीख होइन

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भीख नभएको बताएका छन्। सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यादवले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताए।

स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधिसभा निर्वाचन जितेका केही सांसदहरूले संघीयता चाहिँदैन भनिरहेको भन्दै उनले संघीयता उनीहरू कसैले दिएको भीख नभएको जिकिर गरे। मधेश प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी उनको दाबी छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐनलगायतका कानुनहरू पास गर्नेमा आफू विश्वस्त पनि यादवको भनाइ छ।

‘म प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, तपाईं पनि इमान्दारका साथ कानुनहरू जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन, निजामति ऐन, नागरिकता विधेयक सम्बन्धी ऐन सबै तुरुन्त लागू गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने,’यसले संघीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ। आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधिसभाबाट नयाँ आएका केही पार्टीका नेताहरू काठमाडौंमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्, म उहाँहरूलाई यहीँबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भीख होइन।’

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले ५४० जना सहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ।

प्रकाशित: १ फागुन २०७९ १५:४७ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast