भोलिदेखि सीता एयरको काठमाडौँ–दाङ नियमित उडान

हिमाल प्रेस २ फागुन २०७९ १७:०४ | Tuesday, February 14, 2023
भोलिदेखि सीता एयरको काठमाडौँ–दाङ नियमित उडान

काठमाडौँ– भोलि (फागुन ३) गतेदेखि सीता एयरले काठमाडौँ–दाङ नियमित उडान गर्ने भएको छ। सुरुवाती दिनमा साताको तीन उडान गर्ने सीता एयरले जानकारी दिएको छ। सीता एयरले काठमाडौँ–दाङ हरेक सोमबार, बुधबार र शनिबार उडान गर्ने उल्लेख गरेको छ।

सीताले काठमाडौँबाट दाङका लागि मध्याह्न १२ः१० मा उडान गर्नेछ। दाङबाट १ः३० बजे काठमाडौँको उडान गर्ने सीता एयरले जानकारी दिएको छ। काठमाडौँ–दाङको लागि ९ हजार १०० र दाङ–काठमाडौँ ९ हजार भाडा तोकिएको छ। सीताले डोर्नियर विमानबाट उडान गर्ने बताएको छ।

काठमाडौँबाट दाङका लागि यसअघि नेपाल एयरलाइन्सले ट्वीनअटर विमानमार्फत् उडान गरिरहेको छ।

२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थलको लम्बाई ७५० मिटर र चौडाइ ३० मिटर मात्र छ। जसले गर्दा उक्त विमानस्थलमा डोर्नियर, ट्वीनअटरलगायत सिरिजको जहाजले मात्रै उडान गर्न सक्छन्।

प्रकाशित: २ फागुन २०७९ १७:०४ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast