भेरी नदी किनारामा बेवारिस शव फेला

हिमाल प्रेस ३ फागुन २०७९ १८:३९ | Wednesday, February 15, 2023
भेरी नदी किनारामा बेवारिस शव फेला प्रतीकात्मक तस्बिर।

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित भेरी नदी किनारामा वेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिचान नखुलेको अन्दाजी ३५ वर्षको देखिने पुरुषको शब फेला परेको हो।

शव भेरी नदी किनारमा देखेपछि भेरीगंगा नगरपालिका-२ का वडा अध्यक्ष चिरञ्जिवी बुढाले प्रहरी चौकी सुब्बाकुनामा टेलिफोनमार्फत जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि प्रहरी सहायक निरिक्षकको कमान्डमा ४ जना र तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमान्डमा ५ जनाको टोली खटेको थियो।

प्रहरीले किनारमा घोप्टो अवस्थामा शव अड्किएको र सडेकोले अनुहार पहिचान गर्न नसकिने अवस्थामा निकालेको थियो।

प्रकाशित: ३ फागुन २०७९ १८:३९ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast