भीरबाट खसेको ढुंगाले लागेर एकको मृत्यु

हिमाल प्रेस १ फागुन २०७९ ९:०० | Monday, February 13, 2023
भीरबाट खसेको ढुंगाले लागेर एकको मृत्यु सांकेतिक तस्बिर।

जाजरकोट- जाजरकोटको नलगाड नगरपालिकाको गेरेनी भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ चौर घर भएका ३२ वर्षीय अशोक खड्का रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए।

टाउकोमा चोट लागेर घाइते भएका खड्काको उपचारका क्रममा स्वास्थय चौकी दल्लीमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै बाइकमा सवार बमबहादुर खत्रीको अवस्था भने सामान्य छ।

प्रकाशित: १ फागुन २०७९ ९:०० | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast