बूढानीलकण्ठ स्कुलको छात्रवृत्ति आवेदन फाराम खुला, यी हुन् परीक्षा केन्द्र

हिमाल प्रेस १६ फागुन २०७९ १५:४० | Tuesday, February 28, 2023
बूढानीलकण्ठ स्कुलको छात्रवृत्ति आवेदन फाराम खुला, यी हुन् परीक्षा केन्द्र

काठमाडौँ- बूढानीलकण्ठ स्कुलले कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन खुला गरेको छ।

स्कुलले सूचना जारी गर्दै विपन्न समुदायका जेहेन्दार बालबालिकाहरूमध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरेको हो।

आगामी चैत २८ गते १० बजेसम्म आवेदन फारम बुझाउनु पर्नेछ। सहुलियत शुल्कमा अध्ययनका लागि कम्तीमा कक्षा ३ र ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरेको हुनुपर्नेछ। साथै शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेको छात्रछात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने स्कुलले जनाएको छ।

लिखित परीक्षा चैत २८ गते मंगलबार बिहान ११ बजे सञ्चालन हुने सूचनामा उल्लेख छ। प्रवेश परीक्षामा कक्षा ३ र ४ को पाठ्यक्रमबाट ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने सूचनामा उल्लेख छ। आवेदन फारम शुल्क एकसय रूपैयाँ तोकिएको छ।

हेर्नुहोस् सूचना

प्रकाशित: १६ फागुन २०७९ १५:४० | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast