बुद्धिसागरको ‘फिरफिरे’बाट प्रेरित ‘मुनमुन’ मञ्चन हुने

हिमाल प्रेस २ फागुन २०७९ ११:५६ | Tuesday, February 14, 2023
बुद्धिसागरको ‘फिरफिरे’बाट प्रेरित ‘मुनमुन’ मञ्चन हुने

काठमाडौँ- नाटक ‘मुनमुन’ मञ्चन हुने भएको छ। लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित नाटक फागुन ५ देखि काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ।

सम्राट भुजेलकोे लेखन तथा निर्देशन रहेको नाटकमा श्रीशेष श्रेष्ठको सहनिर्देशन रहेको छ। नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा शिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवी थापा, रीता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ।

नाटक फागुन २० सम्म चल्नेछ। सोमबारबाहेक हरेक दिन सवा ५ बजेबाट नाटक मञ्चन हुनेछ। शनिबार भने दिउँसो साढे १ मा र बेलुका सवा ५ गरी दुई सो हुने जनाइएको छ।

प्रकाशित: २ फागुन २०७९ ११:५६ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast