बिनातलब एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

हिमाल प्रेस २७ माघ २०७९ १६:१७ | Friday, February 10, 2023
बिनातलब एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

गुल्मी– गुल्मीको मालिका गाउँपालिका-३ का वडासदस्य सूर्य थापाले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स वडाका लागि निःशुल्क चलाउँदै आएका छन्।

गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका हुन्। स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उनले समाजसेवीका रूपमा बिनातलब एम्बुलेन्स चलाएका हुन्।

वैदेशिक रोजगारीमा रहेका थापा विदेशबाट फर्केपछि वडामा सेवा गरेर आफ्नो सिप सदुपयोग गरिरहेका छन्।

चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उनको भनाइ छ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाएका उनले निवार्चित भएपछि जनसेवाको जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिएका हुन्।

पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्नसमेत कठिनाइ भइरहेको छ। त्यही समस्याबाट ग्रसित मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिएका हुन्।

वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उनले बताए। -रासस

प्रकाशित: २७ माघ २०७९ १६:१७ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast