बिदेसिएका नेपालीलाई ‘गुँड’मा बोलाउने गीत ‘छुकछुक छुकछुक’

हिमाल प्रेस ७ फागुन २०७९ १३:१५ | Sunday, February 19, 2023
2
SHARE
बिदेसिएका नेपालीलाई ‘गुँड’मा बोलाउने गीत ‘छुकछुक छुकछुक’

काठमाडौँ- गायक सुरज पण्डितको स्वरमा ‘छुक छुक छुक छुक’ गीत सार्वजनिक भएको छ। गीतमा जागृत रायमाझीको शब्द र संगीत छ।

‘फर्कन युवा गुँडमा तातो मान्छे बनेर
उठ न युवा जुरुक्क रातो मान्छे बनेर’

भन्दै गीतले बिदेसिएका नेपाली युवालाई स्वदेशमै फर्किन आह्वान गरेको छ। स्वदेशमा रोजगारीको र अवसर नपाउँदा बिदसिने नेपाली युवाको संख्या बढ्दो छ। हरेक दिन लगभग १७ सय युवा बाहिरिने विभिन्न तथ्यांकले देखाउँछन्।

नेपालमा केही गर्छु भन्नेहरू पनि अवसर नपाउँदा बिदेसिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै विभिन्न दुर्घटनामा परी विदेशमै ज्यान गुमाउन बाध्य छन् नेपाली युवा। विदेशमा दुःख र कष्ट सहिरहेका छन्। युवा बिदेसिँदा गाउँ रित्तो हुने, वृद्धवृद्धा र बालबालिकामात्र गाउँमा बाँकी रहने गीतको म्युजिक भिडियोमा छ।

गरिबलाई लुटेर धनी भएका लुटेराहरूमाथि गीतले व्यंग्य गरेको छ। आफ्नै देशमा केही गरौँ, विभेद, थिचोमिचो र लुटेराविरुद्ध बोलौँ भन्ने गीतको भाव छ।

केदार श्रेष्ठको कथा र निर्देशन रहेको म्युजिक भिडियो मार्मिक छ। भिडियोमा गायक सुरजसहित सबिना गोपाली, सोबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होम बहादुर आचार्यलगायत कलाकारहरुको अभिनय छ।

प्रकाशित: ७ फागुन २०७९ १३:१५ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast