‘बाल नाटक महोत्सव’ सुरु

हिमाल प्रेस १ फागुन २०७९ १३:१४ | Monday, February 13, 2023
‘बाल नाटक महोत्सव’ सुरु

काठमाडौँ- ‘राष्ट्रिय बाल नाटक महोत्सव’ सुरु भएको छ। शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको आयोजनामा भएको महोत्सवको यो १४ औँ संस्करण हो।

महोत्सव फागुन ८ सम्म हुनेछ। हरेक दिन बिहान साढे १०, १२, साढे १ र ३ बजे नाटक मञ्चन हुनेछन्। महोत्सवमा मञ्चन हुने नाटकको कथावस्तु बालबालिकासँग सम्बन्धित हुनेछन्।

महोत्सवमा सहभागी हुने प्रतियोगी नाटकहरूलाई विभिन्न सात विधामा नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट नाटक, प्रोत्साहन पुरस्कार, पब्लिक च्वाइस पुरस्कार, अनुशासित नाटक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

रुसी सदन कमलपोखरीमा आयोजना हुने महोत्सवमा २८ वटा नाटक समावेश छन्। बालबालिकाका विषयवस्तुलाई केन्द्रमा राखेर शैली थिएटरले १३ वर्षयता हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको छ। रुसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटरमा मञ्चन हुने छन्।

प्रकाशित: १ फागुन २०७९ १३:१४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast