रंगमञ्च

बाल नाटक महोत्सवदेखि ‘बकम्फुसे अभिभावक’ सम्म

हिमाल प्रेस ६ फागुन २०७९ ६:४७ | Saturday, February 18, 2023
बाल नाटक महोत्सवदेखि ‘बकम्फुसे अभिभावक’ सम्म

काठमाडौँ- राजधानीमा यति बेला बालनाटक महोत्सव चलिरहेको छ। रंगमञ्चका पारखीका लागि लेखक बुद्धिसागरको ‘फिरफिरे’ बाट प्रेरित नाटक ‘मुनमुन’ अर्को विकल्प हुन सक्छ। यस्तै ‘बकम्फुसे अभिभावक’ कौसी थिएटरमा मञ्चन भइरहेको छ।

राष्ट्रिय बाल नाटक महोत्सव

कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा १४औँ ‘राष्ट्रिय बाल नाटक महोत्सव’ चलिरहेको छ। शैली थिएटर र केन्द्रको आयोजना भइरहेको महोत्सव फागनु ८ सम्म चल्नेछ।

नाटक रूसी सदन, कमलपोखरी र रातोपुलस्थित शैली थिएटरमा मञ्चन भइरहेका छन्। शनिबार दिउँसो १२ बजे ‘इमानदार दाउरे’, साढे १ बजे ‘बाह्रा’ र ३ बजे ‘हट घोडा हट’ नाटक मञ्चन हुँदैछन्।

मण्डला नाटकघर

थापागाउँस्थित मण्डला नाटकघरमा ‘मुनमुन’ मञ्चन भइरहेको छ। लेखक बुद्धि सागरको ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटकमा सम्राट् भुजेलको लेखन तथा निर्देशन छ।

फागुन २० गतेसम्म चल्ने नाटकमा कलाकार मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा शिवाकोटीलगायत कलाकारकोे अभिनय छ। नाटक शनिबार दुई सो मञ्चन हुनेछन्। दिउँसो साढे १ र सवा ५ बजेमा।

कौसी थिएटर

काठमाडौँ, टेकुस्थित कथाघर (कौसी थिएटर) मा ‘बकम्फुसे अभिभावक’ नाटक मञ्चन भइरहेको छ। माघ २७ गतेदेखि सुरु भएको नाटक फागुन ७ सम्म चल्नेछ।

सतीश प्रसाईको निर्देशन रहेको नाटकमा रीमा मिधुनमगर, सविना गोपाली, सरोज श्रेष्ठलगायत कलाकारको अभिनय छ। कौसीमा पनि नाटकका दुइटा सो छन्। दिउँसो साढे १ मा र बेलुका ५ बजे।

प्रकाशित: ६ फागुन २०७९ ६:४७ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast