बालाजु-गोँगबु घटनाबारे सदनमा जानकारी गराउन सूर्य थापाको माग

हिमाल प्रेस १२ फागुन २०७९ १६:०७ | Friday, February 24, 2023
बालाजु-गोँगबु घटनाबारे सदनमा जानकारी गराउन सूर्य थापाको माग

काठमाडौँ– नेकपा एमालेका सांसद सूर्य थापाले गत साता भएको बालाजु-गोँगबु घटनाबारे गृहमन्त्रीद्वारा सदनमा जानकारी गराउन माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘घटना भएको यत्रो दिन बितिसक्दा पनि गृह मन्त्रालयका तर्फबाट घटनाबारे जानकारी गराइएको छैन। यो खालको उदासीनता शोभनीय भएन,’  उनले भने।

थापाले ग्यास विष्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनकी आमाप्रति श्रद्धाञ्जली व्यक्त गरे।

उनले गत वर्षको बर्खाले घरबारविहीन प्युठानका जनताहरूलाई उचित क्षतिपूर्ति गराएर उनीहरूको गाँसबासको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

प्रकाशित: १२ फागुन २०७९ १६:०७ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast