बालाजु औद्योगिक क्षेत्र तनावग्रस्त : मजदुरले जलाए प्रहरीको भ्यान

हिमाल प्रेस १ फागुन २०७९ १८:०० | Monday, February 13, 2023
बालाजु औद्योगिक क्षेत्र तनावग्रस्त : मजदुरले जलाए प्रहरीको भ्यान

काठमाडौँ- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रका यातायात मजदुरले नेपाल प्रहरीको भ्यानमा आगजनी तथा तोडफोड गरेका छन्। ट्राफिक प्रहरीले महंगो जरिवाना लगाएर अनावश्यक दुख दिएको भन्दै आन्दोलनमा उत्रिएका मजदुरहरूले बालाजु बाइपास माछापोखरी सडकमा प्रहरीको भ्यानमै आगजनी गरेका हुन्।

अहिले बालाजु क्षेत्र तनावग्रस्त बनेको छ। दुई पक्षबीच भएको झडपका क्रममा प्रहरी र केही मजदुर घाइते भएका छन्।

प्रहरीका अनुसार प्रहरीकै अर्को एउटा गाडी पनि तोडफोड भएको छ। उग्र बनेका आन्दोलनकारीले सडकमा राखेको डिभाइडरमा पनि आगो लगाइदिएका छन्। अहिले बालाजु-माछापोखरी, बसपार्क क्षेत्रमा सवारी साधन चल्न दिइएको छैन।

यसअघि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरूले नेपालको यातायात क्षेत्र मन्त्रालय बिहीन तथा भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरीले ऐनविपरीत चालकहरूको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए।

प्रकाशित: १ फागुन २०७९ १८:०० | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast