बारा : अब उत्सव र कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन नपाइने

हिमाल प्रेस १३ फागुन २०७९ ९:१० | Saturday, February 25, 2023
बारा : अब उत्सव र कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन नपाइने

बारा- बारामा डिजे बजाउन रोक लागेको छ। उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो ।

जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।

‘जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालय र युनिटलाई डिजे नियन्त्रणमा लिन निर्देशन दिएको छु’ प्रहरी उपरीक्षक बोगटीले भने ‘अब कहीँ कतै सार्वजनिक स्थलमा डिजे बजाएको भेटिएमा प्रहरीले नियन्त्रणमा लिनेछ।’

प्रहरी उपरीक्षक बोगटीले सार्वजनिक स्थानमा डिजे बजाएको पाइएमा प्रहरीलाई खबर दिनसमेत अनुरोध गरेका छन्। विशेष गरेर मधेसी समुदायमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा गाडीमा ठूला स्पिकर राखेर चर्को आवाजमा गीत बजाउने क्रम बढ्दो अवस्थामा रहेको छ ।

जसका कारण समुदायमा ध्वनि प्रदूषण मात्रै होइन मानिसको मानसिक स्वास्थ्यमा समेत असर पर्ने गर्दछ। बाराका प्रहरी उपरीक्षक बोगटीले डिजेका कारण समाजमा पर्ने असरप्रति सचेत हुन आग्रह गर्दै उनले त्यसको प्रयोग नगर्न अपिल गरेका छन्।

प्रकाशित: १३ फागुन २०७९ ९:१० | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast