सिरहा– घरायसी विवादमा बाबुको हत्या गर्ने एक युवा पक्राउ परेका छन्। ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गर्ने कल्याणपुर नगरपालिका ११ मलहाटोलका २२ वर्षीय राकेश सहनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार राकेशले आपसी झैझगडामा कुटपिट गरेर गम्भीर घाइते भएका रामबाबु उपचारमा लैजाने क्रममा निधन भएको थियो।
प्रहरीले राकेशलाई घटनास्थलबाटै पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
                            प्रकाशित: १९ माघ  २०७९ १२:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

