बादी समुदायको कथा ‘उडेकी चरी’

हिमाल प्रेस १ फागुन २०७९ १२:०७ | Monday, February 13, 2023

काठमाडौँ-  डि आर सुजन र देवी घर्तीमगरको स्वरमा ‘उडेकी चरी’ गीत सार्वजनिक भएको छ।

गायक सुजनकै शब्द, परिकल्पना र निर्देशन रहेको गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।

सुदूरपश्चिम प्रदेशमा रहेका बादी समुदायका महिलाले भोगिरहेका बाध्यात्मक यौन पेशा व्यवसायलाई गीतले समेटेको छ।

गीतको भिडियोमा डि आर सुजनसहित रोशनी कार्की, सूर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दरनम बादी लगायतले अभिनय गरेका छन्।

रेशम दलार्मी छायांकन गरेको गीत सुजनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: १ फागुन २०७९ १२:०७ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast