बाजुरामा ५.२ म्याग्‍निच्युटको भूकम्प

हिमाल प्रेस १० फागुन २०७९ १४:४१ | Wednesday, February 22, 2023
बाजुरामा ५.२ म्याग्‍निच्युटको भूकम्प

बाजुरा- बाजुरामा आज (बुधबार) दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको छ। गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो।

हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

माघ १० गते मंगलबार दिउँसो ५.९ म्याग्निच्युटको भूकम्प गएको थियो।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन्।

भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरूको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।

प्रकाशित: १० फागुन २०७९ १४:४१ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast