बागलुङ- राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधार) बिहान बागलुङ आइपुगेकी छन्। बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्।
नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए।
बागलुङ कालीका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गरेको कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ।
प्रकाशित: १० फागुन २०७९ ११:१३ | Wednesday, February 22, 2023
प्रतिक्रिया




